– कृष्ण खनाल
बुटवल फागुन १६ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ काउन जिल्ला कार्य समिती रुपन्देहीको दोस्रो परिषद बुटवलमा सम्पन्न भएको छ ।
निर्माण कर्मीहरुका एक मात्र आधार काउनले दिलाउछ सम्मान र अधिकार भन्ने मुलनाराका साथ सम्पन्न कार्यक्रममा विभ्ािन्न ७ वटा इकाईका करिब एक सय पचास जना मजदुरहरु सहभागी रहेका थिए ।
संघका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षता कायनका केन्द्रय अध्यक्ष काउनका केन्द्रिय अध्यक्ष जेपी गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुलॆ सरकारले मजदुरहरुको हक हितका लागि कुनैपनि कार्य नगरेको हुनाले युवा तथा मजदुरहरु दैनिक जसो विदेशीने क्रम बढेको उनिहरुको दावी छ ।
त्यस्तै उनिहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गनुपर्ने मजदुहरुको जीवन सुरक्षाका लागि विमाको व्यवस्था हुनु पर्ने मजदुरहरुको सामाजिक सूरक्षा हुनुपर्ने मजदुरहरुलाई साक्षारता सम्बन्धी कार्यक्रमहरु ल्याउनु पर्ने विभिन्न सिपमुलक तालिम आदीको ब्यवस्था गनु जरुरी रहेको हुनाले यस प्रति सरकारको ध्यान जानु आवशयक रहेको बताएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि रिक्सा ब्यावसायी संस्थाका केन्द्रिय अध्यक्ष प्रकाश पाठकले मजदुरहरु विदेशिने क्रमसगै उद्योग कलकारखानामा मजदुर अभावका कारण धरासायी हुने अवस्थामा पुगेका छन् भने एक वर्षमा सम्पन्न हुने कामका लागि २ वर्ष लाग्ने गरेको पाइनछ ।
अधिकाश श्रमिक मजदुरहरु विदेशीने क्रम तिव्र भएको हुदाँ त्यसलाई रोक्नु पर्ने आजको आवश्यकता रहेको उहाँको जोड थियो ।
काउन क्षेत्रिय अध्यक्ष साजय श्रेष्ठले मजदुहरुप्रति गरिने वयवहारमा अझैपनि सन्तुष्ट भैसक्ने अवस्था नरहेको बताउदै निर्वाण क्षेत्रमा काम गर्ने मजदुरहरु प्रति कतिपय स्थानमा दुव्यवहार समेत हुने गरेको बताउदै सरकारले दिने गरेको निशुल्क ३२ प्रकारको औषधी समेत पाउन नसकेको गुनासो गनु भएको छ ।
यातायात मजदुर समितीका श्रेत्रिय अध्यक्ष कृष्ण बेलवासे नेपाल टे्रडयुनियन काँग्रेसका काजिमान श्रेष्ठ रुपन्देही उद्योग संघका कार्यवहाक अध्यक्ष विष्णु कुमार श्रेष्ठ भैरहवा इकाईका रामविद्या विश्वकर्मा मुर्गिया इकाईका इन्द्रलाल भण्डारी मंगलापुर ईकाईका शुशिल घिमिरे रामबहादुर यादव दिनेश टण्डन रेखा खवास लगाएतले बोल्नु भएको उक्त कार्यक्रममा स्वागत काउन जिल्ला उपाध्यक्ष विरबहादुर लामाको र संचालन हिराबहादुर थापाको रहेको थियो ।
देशका विभिन्न ४८ वटा स्थानमा शाखा विस्तार गरेको यस काउनले मजदुरहरुका हकहितका लागि विभिन्न सिपमुलक तालिम स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षाका लागि काम गर्ने र मजदुरको जीवन बिमा समेत गरेको जनाएको छ । यस संस्था सँग करिब १५ हजार मजदुरहरु आवद्ध रहेका बताइएका छन् भने देशभरमा करिब २५ लाख मजदुर श्रमिकहरु रहेका छन् ।