वनमन्त्रीका स्वकीय सचिव ५० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ

– भद्र शर्मा

 

काठमाडौं –  वनमन्त्री मुहम्मद वकिल मुसलमानका स्वकीय सचिव (पीए) ५० हजार रुपैयाँ घुस लिँदै गर्दा समातिएका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) लालमणि आचार्य नेतृत्वको टोलीले सिंहदरवार पूर्व दक्षिण हनुमानस्थानस्थित पीस प्वाइन्ट रेस्टुरेन्टबाट वनमन्त्रीका पीए नागेन्द्र यादवलाई घुस लिँदा लिँदै रंगेहात नियन्त्रणमा लिएको हो ।

यादवले घुस लिँदै गरेको सूचनाको आधारमा अख्तियार प्रतिनिधिसहित प्रहरी टोली परिचालित थियो । प्रहरीले पक्राउ गरेपछि उनले