लुम्बिनी-सगरमाथा शान्ति अभियान यात्रा- २०१२ को कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री भट्टराई र माओवादी दाहाल लुम्बिनीमा

काठमाडौं – ‘लुम्बिनी-सगरमाथा शान्ति अभियान यात्रा- २०१२’ को कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लुम्बिनीमा छन् ।

कार्यक्रममा प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष दाहालसहित मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक अधिकारकर्मी सुन्दरमणि दीक्षितलगायत उपस्थित छन् ।

कार्यक्रममा कम्युनिष्ट संस्थापक पुष्पलाल श्रेष्ठ, नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारी र कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालालाई सम्मान गरिने अभियानका संयोजक कृष्ण केसीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा माओवादी अध्यक्ष दाहाललाई पनि सम्मान गर्ने कार्यक्रम छ । – कान्तिपुर