पूर्व राजा ज्ञानेन्द्र शाह महापुराण कार्यक्रमका लागि विराटनगरमा, राजावादीहरुद्धारा गणतन्त्र विरोधी नारा

gyanendra shah– वेदराज पौडेल

 

विराटनगर  – पूर्व राजा ज्ञानेन्द्र शाह बिहिबार सुनसरीको झुम्कामा सुरु हुने महापुराणको उदघाटन कार्यक्रममा सहभागी हुन जानका लागि विराटनगर आईपुगेका छन् ।

 

शाह विराटनगर विमानस्थल आइपुग्दा विमानस्थल परिसरमा भेला भएका राजावादीहरुले गणतन्त्र विरोधी नारा लगाएका थिए ।

 

प्रहरी उनलाई कडा सुरक्षा दिएको छ ।

 

विमान स्थलमा पत्रकार प्रवेश समेत रोक लगाएको थियो ।

 

विमान स्थलमा पत्रकार सम्मेलन भनेर राप्रपा नेपालले बोलाएका पत्रकारहरुलाई प्रहरीले विमानस्थल भित्र प्रवेश गर्न रोकेको थियो ।


ज्ञानेन्द्र सुनसरीको भादगाउँ आउने



शंकर खरेल

राजावादीद्धारा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र शाह बिहीबार सुनसरीको भादगाउँसिनवारी आउने भएका छन् । नीजि कम्पनीको विमान चढी काठमाडौंबाट विराटनगर पुगेर पूर्व राजा शाह इटहरीतर्फ जानेछन् । महापुराण स्थल इटहरी बजारबाट १० किलोमिटर पश्चिममा छ ।

झुम्का बजारमा बिहीबारदेखि हुने भविष्य महापुराणको शाहले उद्‌घाटन गर्नेछन् । कार्यक्रम अघि र पछि पूर्वका राजावादीसित भेटघाटको कार्यक्रमसमेत रहेको स्रोतले बतायो । साताभरी चल्ने पुराणमा नेपाल र भारतका धर्मालम्वीको सहभागिता रहनेछ । महापुराण लगाउन झण्डै ८० लाख खर्च हुने अनुमान छ ।

पूर्व राजाको भ्रमणलाई ध्यानमा राखेर सशस्त्र र नेपाल प्रहरीले इटहरी र झुम्का क्षेत्रमा बिहानैबाटै सुरक्षा कडा पारेको छ । झुम्का क्षेत्रमा सशस्त्र प्रहरीले आवतजावत गर्ने यात्रु र सवारी साधनलाई जाँचबुझ गरिएको छ ।

महापुराण सफल बनाउन सुनसरी, मोरङ्, झापालगायतका जिल्लामा चन्दा संकलन तीव्र पारिएको छ । सुनसरी-मोरङ्का उद्यमीको सूची र उनीहरुका लागि तोकिएको रकम विवरणका साथ गाडी लिएर मोटो रकम संकलन भइरहेको एक प्रतिष्ठित उद्यमीले बताए ।