यो अवस्थामा पत्रकारहरूले पनि यी कुरालाई ध्यानमा राखेर काम गर्न आग्रह गर्दै शाहले भने, ‘तीनै कुरा भविश्यकका निम्ति पनि महत्त्वपूर्ण छन् ।’ यदि यी कुरामा सबैको ध्यान गए शान्ति र स्थायित्व आउने उनको भनाइ थियो । ‘मुख्य तीन कुरामा सबैको ध्यान जाने हो भने देशमा चाँडै शान्ति र स्थायित्व आउँछ,’ उनले भने ।
‘नेपाल नै नरहे हामी नेपाली भएर कहाँ जाने, नेपाली भएर शिर ठाडो पारेर कहाँ बस्ने,’ भन्दै शाहले भने ‘जहाँ बस्नु हुन्छ आफ्नो काम ध्यान दिएर गरिदिनु होस्, म होइन हामी भन्ने भावना राख्नु होस् ।’ यसो गर्न सके देशको भलाई हुने र देशको भलाई भए हामी सबैको भलाइ हुन उनको भनाइ थियो ।



