ओबामाले वर्तमान अमेरिकी राजदुत स्कट एच डेलिसीलाई युगाण्डाका लागि सिफारिस गरेलगत्तै बोड्डेलाई नेपालको राजदूत मनोनयन गरिएको शुक्रबार हवाईट हाउसद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
हाल बगदादस्थित स्थानान्तर सहायता सम्बन्धी अमेरिकी मिसनको उप प्रमुख पदमा कार्यरत ५८ वर्षीय बोड्डे यसअघि दक्षिण पुर्वी अफ्रिकी राष्ट्र मालावी को लागि राजदुत थिए । सन् २००६ देखि ०८ सम्म पाकिस्तानस्थित अमेरिकी दुताबासमा ‘डेपुटी चिफ अफ मिसन’ रहेका बोडेको मनोनयनलाई अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटले अनुमोदन गरेपछि आधिकारिक रुपमा उनले राजदुतको पदभार सम्हाल्नेछन् । त्यसका लागि कम्तीमा दुई महिना लाग्नेछ् ।
३१ बर्षअघि स्टेट डिर्पाटमेन्टको जागीरे जीवन सुरु गरेका बोड्डे ८० को दशकको मध्यतिर काठमाडौंस्थित अमेरिकी दुतावासमा कार्यरत थिए ।



