राष्ट्रसंघका महासचिव मुनद्धारा सिरियाली सरकारले आफ्ना नागरिक माथि अपराध गरेको आरोप

सिरियाले आफ्ना नागरिक माथि अपराध गरेको राष्ट्रसंघका महासचिवको आरोप


संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले सिरियाली सरकारले आफ्ना नागरिक माथि अपराध गरेको आरोप लगाउनु भएको छ । राष्ट्रसंघको साधारणसभामा बोल्दै महासचिव बानले अन्तर्राष्ट्रिय समुदाय आफ्नो कर्तव्य निभाउन असफल भएको र यसैले सिरियाली नेताहरुलाई आफ्ना नागरिक माथि दबाब बढाउन प्रोत्साहन मिलेको बताउनु भयो ।

 

तर उहांले सिरियाका विपक्षीहरुलाई सैन्य सहयोग उपलब्ध गराउनु समस्याको समाधान नभएको उल्लेख गर्नु भयो । महासचिव बानले अन्तर्राष्ट्रिय समुदायले सिरिया विरुद्ध एक मत राख्ने समय आएको बताउनु भयो । सिरियामा विपक्षी प्रदर्शनकारीले केन्द्रविन्दु बनाउदै आएको होम्स् शहरमा अन्तर्राष्ट्रिय रेडक्रसले उद्धार र राहतका लागि अनुमति पर्खिरहेका बेला बानको यो भनाई सार्वजनिक भएको हो । तर राष्ट्रसंघमा सिरियाका राजदूत बशार जाफरीले भने महासचिव बानलाई गलत सुचना दिइएको जिकिर गर्नु भएको छ ।

आई सी आर सीले सरकारी सुरक्षाकर्मीको भीषण गोलावारीबाट क्षतिग्रस्त बाबा अमर जिल्लामा अधिकारीहरुको अनुमति पछि पनि राहत पु