अमेरिकाका विभिन्न राज्यहरुका आएको शक्तिशाली समुन्द्री आंधी, १५ जनाको मृत्यु, व्यापक भौतिक क्षति

अमेरिकाका विभिन्न राज्यहरुका आएको शक्तिशाली समुन्द्री आंधीका कारण १५ जनाको मृत्यु भएको छ । भीषण आंधीबाट इण्डियाना , केन्टुकी र ओहायो राज्य बढी प्रभावित भएका छन् । आंधीका कारण व्यापक भौतिक क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

 

आंधीका कारण अलावामा राज्यमा विद्यालयहरु बन्द गरिएका छन् भने विद्युत अवरोधका कारण हजारौं मानिस प्रभावित भएको बताइएको छ ।

दुई दिन अघि मात्र इण्डियानामा आएको यस्तै आंधीका कारण १२ जनाको मृत्यु भएको थियो ।