वहिर्गमनमा परेका माओवादी लडाकुले आह्वान गरेको पुर्वाञ्चल बन्द फिर्ता

पुर्वाञ्चल बन्द आजका लागि फिर्ता


वहिर्गमनमा परेका माओवादी लडाकुले आह्वान गरेको पुर्वाञ्चल बन्द केहिबेर अघिबाट फिर्ता लिएका छन् ।

 

बन्दका कारण आज विहान पूर्वाञ्चलका ताप्लेजुङ, पांचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्थुम, लगायतका पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको थियो ।

 

 ति जिल्लामा बिहान लामो तथा छोटो दुरीका सवारी साधन संचालन भएनन् भने शैक्षिक संस्था र बजार पनि ठप्प रहे । यता, राष्ट्रिय जनमोर्चाको बन्दका कारण गण्डकी र धौलागिरी अञ्चलको जनजीवन प्रभावित बनेको छ ।

 

बन्दको कारण गण्डकी अञ्चलको तनहुँ, कास्की, लमजुङ, स्याङ्जा लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ । यस्तै धौलागिरी अञ्चलका पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लामा पनि जनजीवन प्रभावित भएको छ ।