शुक्रवार र शनिवार जिल्ला सम्मेलन सम्पन्न गरेको जनमोर्चाचले आइतवार गरेको बन्दले धौलागिरीको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । बन्दको कारण कलकारखाना, उद्योगधन्दा,व्यपार व्यवसाय, शिक्षण संस्था र लामो तथा छोटो दुरीका यातायातका साधनहरु पूर्ण रुपमा ठप्प भएका हुन् ।
संघीयता खारेजी, स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्ने, भ्रष्ट्राचार नियन्त्रण, मूल्य वृद्धि समायोजन लगायतका माग गर्दै बन्द आयोजना गरिएको जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताए ।



