खै कसरि भनौ



– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

खै कसरि भनौ उनलाई  मलाई साथ देउ भनी

बसकोछु उनकै यादमा हातका औला गनीगनी


दोधारमा काटी रहेछु हिजो आज लामो रात


कसरि पो पाउनु मैले प्यारो न्यानो  उनको साथ


 


नभएको हैन मेरो उनी संग प्यारको  बात


उनका बाउले चाल पाए हान्न सक्छन लात


त्यसैले त भागी भागी हिड्दै छु  म  आज


उनलाई भनौ भनी हेर्छु मलाई लाग्छ लाज


 

images

उनि पनि भन्न खोज्छिन कुरा अन्तै मोडी


कहिले कहिँ भेट्न आउछिन बाउको घर छोडी

images

मैले भन्न गलत हुन्छ भनौ व्यथा  कसरी


कती औला गनी बस्नु नभनेर नै  यसरी

images