भक्तपुर पेप्सीकोलामा होली खेल्नेक्रममा छतबाट खसेर १७ वर्षीया एक युवतीको मृत्यु


भक्तपुर – भक्तपुर पेप्सीकोलामा होली खेल्नेक्रममा छतबाट खसेर एक युवतीको मृत्यु भएको छ ।

 

 होली खेल्नेक्रममा रङ छ्यापाछाप गर्दा तीन तले घरबाट खसेर १७ वर्षीया सिम्रन कार्कीको मृत्यु भएको छ ।

 

छतबाट खसेर गम्भीर घाइते उनको उपचारकोक्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

 

 सिर्मन स्टाफ नर्स पढ्दै थिइन् ।