भ्रष्टाचार तथा अनियमितताका उजुरीहरुलाई तत्कालै सम्बोधन गर्न भ्रष्टाचार विरुद्घका ईकाईहरु गठन

दैनिक प्राप्त हुने भ्रष्टाचार तथा अनियमितताका उजुरीहरुलाई तत्कालै सम्बोधन गर्न सरकारले प्रधानमन्त्री कार्यालय र २६ वटा विभिन्न मन्त्रालयहरुमा भ्रष्टाचार विरुद्घका ईकाईहरु गठन गरेको छ।

 

सरकारी निकायहरुभित्र दिनहुँ बढिरहेका भनिएका भ्रष्टाचार सम्बन्धी क्रियाकलापहरु कम गर्ने उद्देश्यले पहिलो पटक यस्तो इकाई गठन गरिएको अधिकारीहरुले बताएका छन्।

 

प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरुमा दैनिक आउने भ्रष्टाचारका उजुरीहरुमाथि समयमै कारवाही हुन नसकेको र सरकारी कार्यालयहरुमा भ्रष्टाचार झन् झन् मौलाएको निष्कर्ष निकाल्दै भ्रष्टाचार विरुद्घका इकाईहरु गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

 

भ्रष्टाचार विरुद्घको केन्द्रीय इकाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गठन गरिएको छ।

उक्त इकाईले अरु २६ वटा मन्त्रालयमहरुमा गठित यस्तै इकाईहरुको अनुगमन र समन्वय गर्ने मुख्य सचिव माधबप्रसाद घिमिरेले बताए ।

 

उनले भने,