कांग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रकृयामा आएको ६ बर्ष वितिसक्दा पनि माओवादीले धाक, धम्की तथा हतियारको दम्भ नत्यागेको भन्दै माओवादीहरु फेरि जंगल पसे पनि कुनै फरक नपर्ने बताउनु भएको छ । आज राजधानीमा भएको १ सय २औं नारी दिवसको अवसरमा उहाँले सात बुंदे सहमति विपरित गएर अब माओवादीसंग कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो ।
माओवादीहरु शान्ति प्रकृया टुंग्याउने भन्दा पनि अलमल्याउने खेलमा लागेको जिकीर गर्दै उहाँले फागुन मशान्तसम्म पनि शान्ति प्रकृया निष्कर्षमा नपुगे सरकारको विकल्प खोज्ने बताउनु भयो । कोइरालाले अरु पार्टीको तुलनामा कांग्रेसमा रहेर राजनीति गर्ने महिलाको आन्दोलन कमजोर रहेको भन्दै हक अधिकारका लागि सशक्त रुपमा आन्दोलन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीलाई प्रजातान्त्रिक पद्धति अनुसार सबैलाई समेटन् जान आफु तयार रहेको बताउनुभयो । यस्तै कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसमा लाग्ने महिलाहरु सहर केन्द्रीत भएकोले आन्दोलन कमजोर भएको धारणा राख्नुभयो ।
कार्यक्रममा महिला नेतृहरुले महिला हिंसा, शोषण विरुद्ध पार्टीले सशक्त भुमिका निर्वाह गर्न नसकेको भन्दै गुनासो पोखेका थिए ।



