सरकार र आन्दोलनरत शिक्षकहरुबीच अस्थायीलाई आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गर्ने सहमति

सरकार र आन्दोलनरत शिक्षकहरुबीच वि.स. २०६३ साल बैशाख १० गतेसम्ममा नियुक्त अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गर्ने सहमति भएको छ ।

 

शिक्षा मन्त्रालय केशर महलमा सभामुख र तीन दलका प्रमुख सचेतकहरुको उपस्थितिमा शिक्षामन्त्री र आन्दोलनतर शिक्षकवीच सहमति भएको हो ।

 

शिक्षा मन्त्रालयले शिक्षकहरुको अरु माग पुरा गर्ने प्रतिबद्धता जनाए पछि सहमति भएको नेपाल शिक्षक युनियनका महासचिव चुन्निशरण यादवले जानकारी दिनुभयो ।

 

विगतमा भएका सहमति कार्यन्वयन, शिक्षा ऐन संसोधन लगायतका माग राख्दै शिक्षकहरु आन्दोलनमा थिए ।