माओवादीको सातौं डिभिजन अन्तर्गतको कैलालीको सहजपुरस्थित सहायक शिविर खाली

– मोहन बुढा

 

धनगढी  – माओवादीको सातौं डिभिजन अन्तर्गतको कैलालीको सहजपुरस्थित सहायक शिविरलाई लडाकु खाली गरेका छन् ।

स्वेच्छिक अवकाश रोज्ने लडाकु घर लागेपछि सहजपुर शिविरमा रहेका समायोजन रोजेका ३ सय ६५ लडाकु शुक्रवार सातौं डिभिजनको मुख्यालय तालवन्द , सहायक शिविर गोरगे र बडैपुर सरेको डिभिजनका बिग्रेड कमान्डर रुपक मर्हजनले जानकारी दिएका छन् । उनले १ सय ६५लाई मुख्य शिबिर तालवन्द र बाँकी २ सयलाई सय/सयमा बाढेर बडैपुर र गोरगेमा मिसाएको उनले बताए ।

उनका अनुसार त्यहा रहेको भौतिक संरचना र फर्निचरलाई अनगमनमा खटिएका बिशेष समितिका पदाधिकारीको जिम्मा लगाईएको छ ।

वन्दको प्रभाव

धनगढी- राष्ट्रिय जनमोर्चाले आहृवान गरेको बन्दमा कैलालीको जनजिवन प्रभावित भएको छ । पुर्वपश्चिम राजमार्गको सुखंड खण्डमा बन्द आहृवान कर्ताले प्रहरीले स्कटिङ गरेको एक बसलाई तोडफोड गरेका छन् ।

बन्दले धनगढीबाट सञ्चालित लामो तथा छोटो दुरीका कुनैपनि बस चलेनन् । बजार, उद्योग ब्यावसाय पनि बन्द भएका छन् ।