एउटा नागरिकको हैसियतमा अभिव्यक्ति दिने अधिकार सबैमा भएकाले गर्दा राजाले त्यो बोलेको टिप्पणी गर्ने प्रधानमन्त्री र दलका नेताहरुको भनाई सुन्दा उनीहरुको हैसियतको अबमूल्यन भएको थापाले टिप्पणी गरे।
उनले फागुन-१८ गतेदेखि सुनसरी भादगाउँ सिनुवारीमा आयोजित भविष्य पुराण उद्घाटन कार्यक्रमका प्रमुख अथिति पूर्व राजा ज्ञानेन्द्रलाई भब्य स्वागत गरेकोमा खुसीसमेत व्यक्त गरे।
एमाले कार्यकर्ता कमल निरौला पार्टी परित्याग गर्नका लागि आयोजित पुराणमा टाढा-टाढाबाट राजावादी र राप्रपाका कार्यकर्ताको जमघट गराई पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गरिएको थियो। सो क्रममा दलका नेताहरुबिरुद्ध पनि नाराबाजी गरिएको थियो।
थापाले दलहरुका नेताका कारण देशमा दण्डहीनता मौलाएर गएको दाबी गरे। ‘०६२-६३ को परिवर्तनपछि शान्तिका ठाउँमा हिंसा छ, दण्डहीनता राष्ट्रिय चरित्र भएको छ। राजनीति अपराधीकरणमा बदलिँदैछ, सामाजिक र आर्थिक क्षेत्र पनि अपराधीकरणमा बदलिँदैछ,’ उनले भने,’ सबैतिर कानुनी सासनको उपहास हुँदैछ।’
जेठ-१४ गतेपछि संविधान जारी नहुने जिकिर गदै त्यसपछि जनताको गुमेको अधिकार फिर्ता आउने थापाले जिकिर गरे। ‘अब बल जनताको कोटमा आउदैछ। राजनीतिक दलका नेताहरुको अपहरणमा परेको अधिकार सर्वोच्चको फैसलाले पुर्नस्थापित गरिदिने भएको छ,’ उनले भने। – नागरिक



