कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आउँदो जेठ १४ सम्म नयाँ संविधान जारी हुन नसके ०४७ सालको संविधानलाई परिमार्जन गरेर लागू गर्नुपर्ने सुझाव दिनुभएको छ ।
देउवाले २०४७ सालको संविधानमा गणतन्त्र, संघीयता, धर्म निरेपक्षता र समावेशीकरण थपेर जारी गर्न सकिने तर्क गर्नुभयो ।
नेपाल प्रेस युनियनले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा देउवाले माओवादीले शान्ति प्रक्रिया लम्ब्याएर संविधान निर्माणमा ढिलाई गरेको हुनाले ०४७ को संविधानलाई परिमार्जन गरेर लागु गर्नु पर्ने बताउनुभयो ।
संघीयताका सम्बन्धमा भने जनतालाई सोधेर मात्र सिमांकन तथा नामाङकन गर्नुपर्ने देउवाको भनाइ छ ।