चितवनमा दुई वटा सहायक शिविरमा रहेका माओवादी लडाकुलाई आज मुख्य शिविर शक्तिखोरमा सारिएको छ ।
शिविर संख्या घटाउनेक्रममा चितवनको वीरेन्द्रनगरमा रहेको प्रताप स्मृति ब्रिगेडका ३ सय १० जना र चैनपुरमा रहेको वासुस्मृति ब्रिगेडमा रहेका ४ सय ५० जना लडाकुलाई मुख्य शिविरमा सारिएको विशेष समिति संयोजक बालान्द शर्माले जानकारी दिनुभयो ।
शर्माको रोहवरमा आजै लडाकुले दुई वटा सहायक शिविरमा रहेको २९ वटा हतियार मुख्य शिविरमा बुझाएका छन् । यस्तै आजै कैलालीमा रहेको सातौ डिभिजन अन्तर्गतको सहजपुरमा रहेको सहायक शिविरका लडाकूलाई तालबन्दमा रहेको मुख्य शिविरमा सारिएको छ ।
पुनवर्गिकरणका क्रममा स्वेच्छिक अवकाश रोजेर धेरै लडाकु शिविरबाट बाहिरिएपछि बहुवीर योद्धा स्मृति बिग्रेडमा ३ सय ६४ लडाकु थिए । सो शिविरमा राखिएको एउटा पेस्तोल भने हराएको छ । सो शिविरमा राखिएका १५ थान हतियारमध्ये एउटा पेस्तोल फेला नपरेको सेना समायोजन विशेष समिति सचिवालयले जनाएको छ ।