सार्कका नव नियुक्त महासचिव अहमद सलिम आफ्नो कार्यभार सम्हाल्न काठमाण्डौंमा

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नव नियुक्त महासचिव अहमद सलिम आफ्नो कार्यभार सम्हाल्न आज काठमाण्डौं आइपुग्नुभएको छ ।

 

सार्कका निवर्तमान महासचिव फतिमाथ धियना सइदले गत जनवरी २२ तारिखमा पदबाट राजीनामा दिएपछि माल्दिभ्सले सलिमलाई सार्कको महासचिवमा नियुक्त गरेको हो ।

 

सामान्यतया महासचिवको कार्यकाल तीन वर्षको हुने भए पनि निवर्तमान महासचिव फतिमाथले एक वर्षे कार्यकाल नसकिदै राजीनामा दिनु भएको थियो ।

अहिले महासचिवको जिम्मेवारी सम्हालेका सलिमले यसअघि सन् १९९१ देखि १९९३ सम्म सार्क सचिवालयमा पहिलो पटक माल्दिभ्सलाई प्रतिनिधित्व गर्दै निर्देशकको रुपमा कार्य गरिसक्नुभएको छ ।