पार्टी मुख्यालय पेरिस डाँडामा मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै वैद्यले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भट्टराईको राजिनामा माग गरे । ‘यो सरकार माओवादीको जस्तो भएन,’उनले भने-‘सरकारले पार्टीको एजेन्डा पनि कार्यान्वयन गरेन । माओवादीको सरकार हो भन्ने महशुश नै हुँदैन ।’ भट्टराईले राजिनामा गर्न ढिलाई गरेकोमा वैद्यको आपत्ति थियो ।
पार्टीको निर्णय कार्यान्वयन नगर्ने तथा राष्ट्रघाती कतिपय काम गरेको यो सरकार विरुद्ध आवश्यक परे सडक संघर्ष चर्काइने वैद्यको भनाई थियो । भट्टराईको राजिनामापछि सरकारको नेतृत्व कस्ले गर्ने विषयमा आफूहरु खुला रहेको उनले बताए ।
यसअघि आईतबार र सोमबार वैद्य पक्षीय केन्द्रीय सदस्यहरुको बसेको बैठकले भट्टराईको राजिनामाको विषय चर्काउने तथा राष्ट्रिय स्वाधिनता र केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गराउन सडकबाट आवाज उठाउने निर्णय गरेको थियो ।



