आगलागी नियन्त्रणका लागि सेना र प्रहरीको प्रयाससमेत सफल हुन सकेको थिएन । सिनो हाइड्रोको प्रयत्नमा शनिबारदेखि नै हेलिकप्टरबाट अग्नि नियन्त्रण गर्ने उपकरणसहित प्रयत्न गरिएको थियो । प्राकृतिक विपदलाई प्रकृति आफैंले हिउँ पारेर नियन्त्रण गरेको स्थानीय पेम्वा नोर्बु शेर्पाले बताए । आगो निभेपछि स्थानीयवासी खुसी भएका छन् ।
शेर्पाका अनुसार आगलागीका कारण १ सय १६ चौंरीमध्ये ७० वटा हराइरहेका छन् । त्यस्तै ३९ बाख्रा पनि कता पुगे थाहा छैन । आगलागीकै कारण ६ परिवारलाई यसअघि नै सुरक्षित ठाउा सारिएको छ । त्यसैगरी चौंरीको खोजी भइरहेको उनले बताए ।
यसैबीच आगजनी गरेको अरोपमा सिनो हाइड्रोका कामदारलाई स्थानीयले अपशब्द प्रयोग गरेको र काम रोकेको सम्बन्धमा स्थानीय प्रहरी/प्रशासन, दल, सभासद र आयोजना पक्षको सहमतिमा सबै काम सुचारु गरिएको प्रजिअ गणेशप्रसाद भट्टराईले बताए । – कान्तिपुर



