सेना समायोजनको सबै काम केही दिनभित्र नै टुङ्गो लाग्ने स्थानीय विकासमन्त्री टोप बहादुर रायमाझीको भनाई

– शिव शर्मा

 

चौतारा । स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले शान्ति प्रक्रियाको धेरै काम अगाडि बढिसकेकाले सेना समायोजनको सबै काम केही दिनभित्र नै टुङ्गो लाग्ने बताउनुभएको छ ।


सिन्धुपाल्चोकको १९औँ जिल्ला परिषद्को चौतारामा आज उद्घाटन गर्दै मन्त्री रायमाझीले राज्य पुनःसंरचना र शासकीय स्वरुपका बारेमा धेरै बहस चलिसकेकाले जेठ १४ गतेभित्र शान्ति प्रक्रिया र संविधानको काम टुङ्गिने ठोकुवा गर्नुभयो ।


प्रत्येक पार्टीमा अन्तरकलह रहेका कारण बाहिरबाट हेर्दा समयमै संविधान बन्न नसक्ने जस्तो देखिए पनि जनदबाबबाट समयमै संविधान बन्न सक्ने उहाँको धारणा थियो ।


अख्तियारको निर्देशनका कारण स्थानीय निकायमा रहेको दलीय संयन्त्र खारेज नगरिएको बताउँदै उहाँले दलीय संयन्त्र बनाउने कुनै विधि, प्रक्रिया र मापदण्ड नभएकाले खारेज गरेको स्पष्ट गर्दै निर्वाचन नै उपयुक्त विकल्प भए पनि जेठ १४ अघि गर्न सम्भव छैन भन्नुभयो ।


सो अवसरमा पूर्वमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य अग्नि सापकोटाले पहिले शान्तिप्रक्रियालाई टुङ्गोमा पु