”थारुभूमि टुक्र्याउन पाइँदैन’ भन्दै थारु संघर्ष समितिद्धारा पश्चिम नेपाल बन्द

धनगढी – थारु संघर्ष समितिले ”थारुभूमि टुक्र्याउन पाइँदैन’ भन्दै बुधबार पश्चिम नेपाल बन्द गराएको छ । बन्दले जनजीवन प्रभावित भएको छ । धनगढी र महेन्द्रनगरबाट सञ्चालित लामो तथा छोटो दुरीका सार्वजनिक यातायात बन्द छन् । बजार पूरै बन्द छ । उद्योग कलकारखाना र शैक्षिक सस्था समेत खुलेका छैनन् ।

अखण्ड सुदूरपश्चिमको अवाज उठिरहेका बेला थारु संघर्ष समितिले कैलाली र कञ्चनपुरलाई थारुभूमि भन्दै आन्दोलन गरेको हो ।

गुलरिया- बडघर,भलमन्सा, महटौवा महासंघ, मुक्तकमैया थरुहट संघर्ष समिति लगायतले विभिन्न माग राख्दै आहृवान गरेको पुर्व पश्चिम राजमार्ग बन्दका कारण पश्चिम तराईमा यातायात सेवा प्रभावित भएको छ ।

 

अद्यावधिक स्थानीय निकायको निर्वाचन नभएसम्म र वडा नागरिक मञ्चलाई खारेजी गरी वडघर, भलमन्सा महटौवालाई स्थानीय निकायको जिम्मेवारी दिनु पर्ने माग राख्दै चक्काजाम गरेका हुन् ।

 

संघीयताको नाममा थरुहटको ऐतिहासिक भुगोल टुक्राउन पाइँदैन, संघीय राज्यको विरुद्धको षड्यन्त्र बन्द गर लगायतका माग राख्दै दाङ, बाँके, बर्दिया,कैलाली र कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग बन्द गराएको समितिले जनाएको छ ।