भरतपुरस्थित नर्सिङ कलेजका छात्राहरू बढी शुल्क लिएको भन्दै आन्दोलित

भरतपुर – चितवनको भरतपुरस्थित आशा नर्सिङ कलेजले बढी शुल्क लिएको भन्दै छात्राहरू आन्दोलित बनेका छन् ।

उनीहरूले मंगलबार दिनभरि कलेजको प्रवेशद्वारमा धर्ना दिएका थिए । जिल्ला प्रशासनमा बुधबार दिनभर धर्ना दिए । उनीहरुले बढी शुल्क लिन पाइँदैन, शिक्षामा व्यापारिकरण गर्न पाइँदैन अंकित प्लेकार्ड बोकेका थिए । कलेजले अन्यको तुलनामा बढी शुल्क लिएको र घटाउन बारम्बार आग्रह गर्दा व्यवस्थापनले नमानेकाले सडक संघर्षमा उत्रिनु परेको उनीहरुले बताए ।

कलेजले सिटिईभिटीले तोकेभन्दा बढी शुल्क मागेको आरोपसमेत लगाएका छन् । विद्यार्थीले पहिलो वर्ष १ लाख ४० हजार, दोश्रो वर्ष ७० हजार ५ सय बुझाइसकेको बताए । तेस्रो बर्षमा दोश्रो बर्षको आधा शुल्क लिनु पर्नेमा ७० हजार नै माग गरेकाले समस्यामा परेको विद्यार्थीको गुनासो छ । – कान्तिपुर