समयमा संविधान जारी गर्नुपर्ने र संघीयता खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनमोर्चाद्धारा मेची र कोशी अञ्चल बन्द

तोकिएको समयमा संविधान जारी गर्नुपर्ने र संघीयता खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनमोर्चाले आज मेची र कोशी अञ्चल बन्दको आह्वान गरेको छ ।

 

बन्दका कारण झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पांचथर, ताप्लेजुङलगायत पूर्वका जिल्लामा यातायातका साधन सञ्चालनमा आउन सकेको छैन भने शैक्षिक संस्था र बजार ठप्प बनेका छन् ।

 

यसैबीच जर्वरजस्ती बजार बन्द गराउंदै हिंडेका दुई जनालाई मोरङको बिराटनगरबाट नियन्त्रणमा लिइएको छ ।

 

पक्राउ पर्नेमा मोर्चाका मोरङ सचिव नवराज ढुंगाना र केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी छन् । एक महिना यता पूर्वमा मात्र १० दिनभन्दा बढी बन्द भैसकेको छ ।