माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार कमाण्डरहरुसँग छलफल गरी समायोजन प्रकृया तत्काल अघि बढाउन उनीहरुको सहमति खोजेका थिए।
पहिलो र दोस्रो तहका कमाण्डरहरुसँग भएको भेलामा प्रचण्डले लचिलो भएर समायोजन प्रक्रियालाई तुरून्तै अघि बढाउनु पर्नेमा जोड दिएको कमाण्डरहरुले बताए।



