काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पितृ शोक परेको छ ।
उनका पिता ९८ वर्षीय प्रसादसिंह देउवाको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार बिहान निधन भएको हो । स्व. देउवाको पार्थिव शरीरलाई बुढानिलकण्ठस्थित निवास लगिएको छ । उनी लामो समयदेखि रक्तचाप पीडित थिए ।
स्व. देउवाको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । उनका ६ छोरा, ४ छोरी थिए ।
पूर्वप्रधानमन्त्री देउवा जेठा छोरा हुन् ।



