प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिला विरुद्ध हुने हिंसा प्रकृतिजन्य नभई राज्यसत्ताको स्वरुप र पितृ सत्तात्मक समाजिक व्यवस्थाका कारण भएको तर्क गर्नुभएको छ ।
राजधानीमा आयोजित संक्रमणकालिन अवस्था र महिला हिंसा सम्बन्धि गोष्ठीमा उहाँले परिवर्तन ल्याउन अलिकति नियम कानून मिच्न परे मिच्न र जसले जे गर्दा परम्परागत सोच भत्काउन सकिन्छ त्यसै गर्नुपर्ने बताउनु भयो ।
पितृ सत्तात्मक शैलीलाई भत्काउन महिलाहरुले घरबाटै शुरुवात गर्नुपर्ने भन्दै प्रधानमन्त्री भट्टराइले भन्नुभयो