शान्ति र संविधान निर्माण गरेर घोषणा गर्ने दिन छोट्टिदैं गर्दा पनि काम हुने लक्षण नदेखेपछि राष्ट्रपति डा. रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेताहरुलाई बोलाएर यसबारे छलफल गर्नुभएको छ ।
माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरुसँग शान्ति र संविधानमा भैरहेका कामको प्रगति र जेठ १४ मा संविधान आउने नआउनेबारे राष्ट्रपतिले जिज्ञासा राख्नुभएको छ ।
राष्ट्रपति भवन शितलनिवासमा नेताहरुसँग उहाँले संक्रमणकाल लम्बिँदा मुलुकमा बढ्दै जान थालेको अराजकताबारे पनि चिन्ता व्यक्त गर्नुभएको छ ।
छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायतका नेता सहभागि हुनुहुन्छ ।