काठमाडौं – माओवादी स्थायी समिति सदस्य देव गुरुङले अध्यक्ष पुष्पकमल दाहालले आफ्नो विचार समूहका नेतामाथि कारबाही गर्न नसक्ने जिकिर गरेका छन् ।
उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न सडक र सदन संघर्ष घोषणा गरेको मोहन वैद्य समूहका नेता गुरुङले कारबाही गरे मोहनविक्रम सिंहकोजस्तै नियति भोग्नुपर्ने चेतावनी दिए ।



