काठमाडौ । उद्योगमन्त्री अनिल झाले नेतृत्व गरेको संघीय सदभावना पार्टी र श्रम तथा यातायात मन्त्री सरिता गिरीले नेतृत्व गरेको सदभावना पार्टी आनन्दी देवीलाई पनि संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा सहभागी गराईने भएको छ ।
मधेसी मोर्चाका नेताहरुवीच अनौपचारिक रुप यी दुई दललाई मोर्चामा ल्याउने विषयमा सहमति भईसकेको छ ।
आज बस्ने मोर्चाको बैठकले दुबै दललाई मोर्चामा सहभागी गराउने निर्णय गर्ने बताईएको छ ।