जनकपुरधाम – माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले वर्तमान अवस्थामा आफ्नो प्रधानमन्त्री बन्ने इच्छा नभएको बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ धनुषाद्वारा आइतबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले व्यक्तिगतरुपमा प्रधानमन्त्री डा बाबुराम भट्टराईको विरोध नगरेको बताए ।
सहिद एवम् आम जनताको सपना नयाँ संविधान हो भन्दै संविधान निर्माणमा फेरि षड्यन्त्र र धोका दिने दुष्प्रयास गरिएमा जनता सडकमा ओर्लिन उनले आह्वान गरे ।
एक प्रश्नको जवाफमा आफू राष्ट्रपति शासनको पक्षमा नभएको बताउँदै राष्ट्रपति शासनको कल्पना गर्नु तानाशाहलाई जन्म दिनुजस्तै भएको बताए ।
उनले भने,



