काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राजधानीमा चैत १८ गते आमसभा गर्ने निर्णय गरेको छ ।
मोर्चाको आइतबार बसेको बैठकले संघीयतामा षड्यन्त्र भइरहेको दाबी गर्दै यसलाई पर्दाफास गर्न सभा गर्ने निर्णय गरेको हो ।
शान्ति प्रक्रियाको गतिरोध हटाउन सम्बद्घ पक्षसँग पहल गर्नेसमेत निर्णय गरेको छ ।
‘संघीयता, पहिचान र समावेशीकरण मोर्चाको न्यूनतम राजनीतिक विन्दु हो,’ मोर्चाको घटकदल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘संघीयताबिनाको संविधान मोर्चाले अस्वीकार गर्नेछ ।’
मोर्चाले संघीयता पक्षधर दलहरूसँग सहकार्य गर्नसमेत उनले बताए । – कान्तिपुर