– गजेन्द्र बोहरा
दाङ – सरकारले पटकपटक गलत निर्णय गरेको भन्दै राप्रपा नेपालको युवा सङ्गठन राष्ट्रिय युवा मोर्चा नेपालले सोमबार राप्ती अञ्चल बन्द आह्वान गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दहाललाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड दिनेलगायतका विभिन्न गलत निर्णय गरेको भन्दै बन्द गरिएको युवा मोर्चा नेपालले जनाएको छ।
बन्दको प्रभाव दाङमा पनि देखिएको छ। बन्दले दाङको यातायात सेवा प्रभावित बनेको छ। जिल्ला सदरमुकाम घोराहीलगायत् अन्य केही साना बजार सामान्य खुलेका छन् भने तुलसीपुर बजार पूर्णरुपले ठप्प छ ।