नेपाल पत्रकार महासंघद्धारा राज्यमन्त्रीले मादक पदार्थ सेवन गरी पत्रकार दुर्व्यवहार गरेकोमा खेद व्यक्त

काठमाडौं – स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले मादक पदार्थ सेवन गरी पत्रकार दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघले खेद व्यक्त गरेको छ ।

महासंघ सचिवालयको सोमबार बसेको बैठकले राज्यमन्त्रीको दुर्व्यवहारबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।