नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति प्रक्रिया नटुङ्गी संविधान जारी हुन नसक्ने बताएका छन्। पार्टी कार्यालय बल्खुमा कानून व्यवसायी सँगको छलफलमा अध्यक्ष खनालले शान्ति प्रक्रिया टुङगीए संविधान जारी गर्न समय नलाग्ने विश्वास व्यक्त गरे।
मुलुक संक्रमणकालिन अवस्थामा रहेकाले शान्ति र संविधानको विकल्प नभएको भन्दै अध्यक्ष खनालले शान्ति प्रक्रिया पूरा गर्ने प्रमुख जिम्मेवारी एकीकृत माओवादीमा भएकाले शान्ति प्रक्रिया प्रति गम्भीर रहन माओावादीलाई आग्रह गरे।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले सेना समायोजनमा अनेक वखेडा झकेर माओवादीले शान्ति प्रक्रियामा अवरोध गरेको आरोप लगाए। उनले शान्ति र संविधानका लागी जनदवावको आवश्यकता रहेको बताए। छलफलमा