माओवादीको संस्थापनद्धारा सरकार विरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको वैद्य समूहलाई वार्ता आउन आग्रह

काठमाडौ  । एकीकृत नेकपा माओवादीको संस्थापनले सरकार विरुद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको वरिष्ठ उपाध्यक्ष मोहन वैद्य समूहलाई वार्ता आउन आग्रह गरेको छ ।

 

संस्थापन पक्षको सोमवार बसेको भेलाले वैचारिक छलफलबाटै अन्तरर्विरोधलाई मिलाएर लग्ने निर्णय गरेको हो । ललितपुरको सानेपामा रहेको होटल समिटमा भएको भेलामा सहभागीहरूले वैद्य पक्षलाई कारवाही गर्दा समस्या समाधान नहुने भन्दै सहमतिका लागि प्रयास गर्नुपर्ने धारणा राखेका थिए ।

 

छलफलमा सम्मानजनक लडाकु समायोजन, संविधान लेखनमा पार्टीको अडान लगायतका विषयमा पहल गरिनुपर्ने निष्कर्ष पनि निकालिएको छ । वैद्य पक्षसँग सहमति र वार्ताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएको छ ।