
नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको दोस्रो स्मृति दिवसमा आज विभिन्न कार्यक्रम गरिदै छ ।
कोइरालाको दुईबर्ष अघि आजकै दिन काठमाडौको मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भएको थियो ।
कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्वपूर्ण भुमिका खेल्नु भएको थियो ।
कोइरालाको स्मृति दिवसमा काठमाडौको बुढानीलकण्ठमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।