बाबुराम भट्टराई सरकारद्धारा फेरि सार्वजनिक यातायातको भाडा बृद्धि, काठमाडौमा छोटो दुरीको कम्तिमा १४ रुपैया भाडा लाग्ने

बाबुराम भट्टराई सरकारले आजदेखि लागु हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।

 

यातायात ब्यवस्था विभागले आज सार्वजनिक सूचना प्रकाशित गरी पेट्रोलियम पदार्थको बढेको मूल्य अनुसार सार्वजनिक यातायात, मिटर जडित ट्याक्सी र मालबाहक ट्रकको भाडा बढाईएको जनाएको छ ।

 

सार्वजनिक यातायातमा ४ दशमलव ४५ प्रतिशत, मिटर ट्याक्सीमा १९ प्रतिशत र मालबाहक ट्रकका लागि तराईमा ५ दशमलव २६ र पहाडमा ५ दशमलव २९ प्रतिशतले भाडा बृद्धि गरिएको विभागले जनाएको छ । काठमाडौ उपत्यकामा छोटो दुरीको न्युनतम भाडा १४ रुपैया भएको छ ।

 

भाडा सम्बन्धी विस्तृत विवरण चाडै प्रकाशित गरिने विभागले जनाएको छ ।