ताप्लेजुङको धुसेनी जंगलमा लागेको आगोमा परी दुई जनाको मृत्यु

ताप्लेजुङको दोखु गाउँ विकास समितिमा रहेको धुसेनी जंगलमा हिजो अपरान्हदेखि लागेको आगोमा परी स्थानीय धनभक्त मगर र उनकी श्रीमती वुद्धिमाया मगरको मृत्यु भएको छ ।

 

 जंगल छेउमा रहेको उनीहरुको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

 

भीरालो जंगलमा लागेको आगो नियन्त्रणमा नआएपछि मगरको घर जलेको हो ।

 

नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।