काठमाडौ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको ११५ औं बैठक यही चैत १२ गते आइतबार दिनको ३ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी बोलाएका छन् ।
राससका अनुसार संविधानसभा नियमावली २०६५ को नियम ३ को उपनियम (१) बमोजिम गत फागुन १ गते सोमबार बसेको ११४ औँ बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।
यसैबीच संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले अब बन्ने संविधान कुनै पार्टी विशेषको नभई सबै अटाउन सक्ने र सबै नेपालीको साझा संविधान हुन जरुरी रहेको बताएका छन् ।
राप्ती समाज काठमाडौँद्वारा यहाँ आयोजित राप्ती समाजको अभियान शान्ति र समाज विषयक विचार गोष्ठीमा उनले राजनीतिक दलहरूले आफ्ना क्रियाकलापमा परिवर्तन गरेर अघि बढेमा मात्र जेठ १४ गते संविधान आउन सक्ने बताए ।
आगामी जेठ १४ गते संविधान आउँछ कि आउँदैन, यस प्रश्नको उत्तर अनुत्तरित रहेको उल्लेख गर्दै सभापति आचार्यले जिम्मेवार राजनीतिक पार्टीले सङ्क्रीर्ण भावना नलिई राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कार्य गर्नसके संविधान निर्धारित समयमै आउने उनले बताए ।
उनले भने,



