बाबुराम भट्टराईले तत्काल राजिनामा नगरे अविश्वासको प्रस्ताव ल्याएर हटाउने कङ्ग्रेसको चेतावनी

काठमाडौं – नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य रामशरण महतले प्रधान मन्त्री बाबुराम भट्टराईले तत्काल राजिनामा दिएर सहमतिको लागि मार्ग प्रसस्त नगरे अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेतावनी दिएका छन्। उनले सरकरको दिनगन्ती सुरु भइसकेको भन्दै इतिहासकै भ्रष्टमा दर्जिएको सरकार छिटो नढाले मुलुककै बेइज्जत हुने दाबीसमेत गरे।


उनले बाहिर हल्ला गरिएजस्तो वास्तविकरुपमा शान्ति प्रक्रिया अगाडि बढ्नै नसकेको दावी गर्दै शान्ति प्रक्रिया अगाडि नबढेसम्म संविधान निर्माण कार्य पनि अगाडि बढ्न नसक्ने स्पष्ट पारे। माओवादीले दर्जाको बखेडा झिकेर शान्ति प्रक्रिया अवरुद्ध पारेको आरोप लगाउँदै सात बुँदे सहमतिअनुसार अगाडि बढ्न नसके शान्ति र संविधान निर्माणको कार्य अगाडि बढ्न नसक्ने ठोकुवा गरे।


रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भने