काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार भ्रष्टचार को आरोप लगाएर बर्खास्त गरिएका निवर्तमान श्रम तथा यातायात मन्त्री सरिता गिरीले आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् ।
रिपोर्टर्स क्लबमा शुक्रबार गिरीले राज्यका सम्पूर्ण संयन्त्र लगाएर आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न सके आफुले राजनीतिबाटै सन्प्रयास लिने बताएकी छन् ।
उनले प्रधानमन्त्रीले ब्युरोक्रेसीको दबाबमा परेर आफूलाई हटाएको दाबी गर्दै आफूबाट भ्रष्टाचार गराउने योजना असफल भए पनि बाध्यताबस पदमुक्त गरेको आरोप लगाइन् ।



