पश्चिम सेती जलविद्युत् आयोजना बनेपछि युवाहरुले स्वदेशमै रोजगारी पाउने र एचआइभीको सङ्ख्यामा कमी आउने वाणिज्य मन्त्रीको भनाई

बलौरी, कञ्चनपुर  –  वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पश्चिम सेती जलविद्युत् आयोजना तत्काल बन्नुपर्ने बताएका छन् । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा स्थानीय विकास मञ्च तथा महाकाली नदी सीमा सरोकार समूह कञ्चनपुरले आइतबार आयोजना गरेको महाकाली नदीमा बग्ने पानीको न्यायोचित हकसम्बन्धी सुदूरपश्चिमका सभासद् तथा सरोकारवालाहरुसितको अन्तक्र्रियामा बोल्दै मन्त्री भट्टले सो बताएका हुन् ।

माओवादीका नेतासमेत रहेका भट्टले पश्चिम सेती जलविद्युत् आयोजना तत्काल बन्नुपर्ने आफ्नो र माओवादी पार्टीको सकारात्मक धारणा रहेको बताए ।

मन्त्री भट्टले विकास निर्माणका कार्यमा अनावश्क राजनीति गर्न नहुने तर्क गर्दै पश्चिम सेती सबैको सरोकारको विषय भएकाले यसमा अनावश्यक राजनीति नगर्ने अन्य राजनीतिक दलहरुलाई आग्रह गरे ।

उनले भने,