आफुलाई तपश्वी बताउने बाराका रामबहादुर बम्जनले दुई महिलालाई तीन महिनादेखि बन्धक बनाएर राखेकोमा एक महिलाको उद्धार


 

आफुलाई तपश्वी बताउने बाराका रामबहादुर बम्जनको संरक्षण गर्दै आएको बोधी श्रवण धर्म संघले दुई महिलालाई तीन महिनादेखि बन्धक बनाएर राखेकोमा प्रहरीले आज एक महिलाको उद्धार गरेको छ ।

 

संघले स्लोभाकियाकी ३५ बर्षिय मारिचि र सिन्धुपाल्चोक घर भएकी माता आनी नामकी महिलालाई बन्धक बनाएर राखेको उजुरी परेपछि खोजी गर्दा मारिचीलाई सिमराको लामा होटलबाट प्रहरीले मुक्त गराएको हो । विदेशी वेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय सिमरामा उजुरी परेको आधारमा खोजी गर्दा मारिचि सिमराको लामा होटलमा बन्धक बनाएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

 

अर्की महिलाको बिषयमा खोजी भईरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक केपी शर्माले जानकारी दिनुभयो । प्रहरीले बम्जनका केही सहयोगिलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । समाचार संकलन गर्न गएका इमेज च्यानलका बारा संवाददाता प्रकाश लम्सालमाथि एक साताअघि बम्जनका सहयोगिले कुटपीट गर्नुका साथै उनको क्यामरा समेत खोसिदिएका थिए । बम्जनको तपस्या भंग गर्न खोजेको भन्दै उनीहरुलाई बन्धक बनाएका थिए ।