बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

बझाङ – चैनपुरबाट झोतातर्फ जादै गरेको से १ च ३५१ नम्बरको जीप रिडापाटा गाविसमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। तीन जनाको घटनास्थलमै र अन्य तीनको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाइते छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई घटनास्थलाट उद्दार गरी जिल्ला अस्पताल पुर्‍याइएको छ । स्थानीयले घाइतेको उचित उपचारको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले घाइतेको उद्दारका लागि नाइट भिजन हेलिकप्टर पठाउन सेनालाई निर्देशन दिएका छन् ।