रौतहटमा माओवादी सभासद्‍को नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

– शिव पुरी

 

काठमाडौँ – माओवादी सभासद्को नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी रौतहटको जनज्योति उच्च मावि परीक्षा केन्द्रबाट आज पक्राउ परेका छन्। साहित्य लामा नामका ती परीक्षार्थीले सभासद् प्रेमबहादुर पुलामीको नाममा परीक्षा दिइरहेको भेटिएको थियो।  



पुलामी मकवानपुरको क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद् हुन्। उनी संसदको राष्ट्रिय हितको संरक्षण समिति र सार्वजनिक लेखा समितिका समेत सदस्य हुन्।



माधवकुमार नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका सुरेन्द्र पाण्डेले बजेट पेश गर्न संसद्को रोष्ट्रम तर्फ अघि बढ्दै गर्दा उनको हातबाट ब्रिफकेस खोसेर फुटाल्ने सभासदहरुमा पुलामीको पनि नाम आएको थियो।