प्रतिपक्षी दलहरु कांग्रेस र एमालेद्धारा शान्तिप्रक्रियालाई सात बुँदे सहमति अनुसार नै अगाडि बढाईनुपर्नेमा जोड

काठमाडौ – प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र एमालेले शान्तिप्रक्रियालाई सात बुँदे सहमति अनुसार नै अगाडि बढाईनुपर्नेमा जोड दिएका छन् । दुवै दलले शान्ति प्रक्रिया तत्काल अगाडि बढाउन माओवादीले तत्परता देखाउनुपर्ने जनाएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बुधबार बसेको दुई दलको बैठकले सेना समायोजनमा माओवादीले पूर्व सहमतिको पालना गर्नुपर्ने दोहोर्याएको छ । सातबुँदे सहमति अनुसार नै तत्काल शान्ति प्रक्रिया अगाडि बढाइनुपर्नेमा दुई दल सहमत रहेको कांग्रेस नेता रामशरण महतले बताए । उनले अब कुनै नयाँ सहमति आवश्यक नरहेको दुवै दलको निष्कर्ष रहेको जनाए ।

एमाले उपाध्यक्ष बामदेव गौतमले सातबुँदे सहमति अनुसार नै समायोजन बढाईनुपर्ने र नया