काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराईले विकासका लागि बैकल्पिक प्रविधिबारे विश्वले सोच्न जरुरी भएको बताएका छन् । बुधाबार जलवायु परिवर्तन परिषदको बैठकमा प्रधानमन्त्री भट्टराईल विकासको नीति गलत भएका कारण आज विश्वले वातावरणको समस्या झेल्नुपरिरहेको उल्लेख गरे । उनले विकासकालागि वातावरण मैत्री प्रविधि प्रयोग सबैले ध्यान दिनुपर्ने बताए ।
जलवायु परिवर्तनको मुद्दा २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुवातमा चर्को रुपमा उठिरहेको बारे सबैले बुझ्नुपर्ने भन्दै उनले विगतमा वातावरणलाई ख्याल नगरी अन्धाधुन्द विकास गर्ने प्रवृतिले यस्तो समस्या आएको उल्लेख गरे । वातावरण विनासमा विकसित देशहरुको नै प्रमुख हात रहेको उनको भनाई थियो ।
अपि्रल ५ र ६ मा नेपालमा हुने जलवायु परिवर्तन सम्बन्धि पर्वतीय राष्ट्रहरुको अन्तराष्ट्रिय सम्मेलनमा नेपालले पर्वतीय देशहरुको तर्फबाट नेतृत्वदायी प्रस्तुती राख्न सम्वन्धित निकायलाई निर्देशन दिए । प्रधानमन्त्री भट्टराईले नेपाल महत्वपूर्ण पर्वतीय देश भएको उल्लेख गर्दै उनले राखेको धराणा महत्वपूर्ण हुने बताए । –कान्तिपुर



